मेरो समझ भन्दा बाहिरको कुरो यो । यस्तो त मैले कहिल्यै कल्पना नै गर्ने गरेको थिइन । तपाँइहरुले यस्तो पहिले पनि देख्नुभएको भए त सायद नौलो नलाग्ला तर प्रथम पटक देख्नु भएको हो भने सोच्नुनै पर्ने हुन्छ यसको बारेमा । मेरो त सानो समझ भएर हो कि के हो केही सोच्ननै सकिन यसको बारेमा तपाँइको दिमागमा के आयो यसो बताइदिनु हुन्छकी । अन्तमा धेरै धन्यबाद दिन्छु हाम्रो मित्र जसले मलाई यो फोटो उपलब्ध गराइदिनु भयो । चित्र भित्र राखेको छु मन लाग्दछभने एकपटक भित्रनै छिर्ने कष्ट गर्नुन त । (more…)
यो कस्तो चित्र ?
March 24, 2007खाजाको कुरो र बिगतको संझना
March 14, 2007अब के देखेपछि छाड्नै मन नलाग्ने । यो ब्लगमा लेख्ने बानि पनि लाग्यो कहिले भनेको बेलामा समय मिल्दैन त कहिले केही । आज धेरै दिनपछि म यहाँ केही लेख्ने प्रयास गरिरहेको छु । मेरा साथीहरु कतिले सोच्नुभएको होला यो कता गएछ भनेर हराएको भने छैन है म । यसभन्दा पहिले आजको खाना शिर्षकमा केही चित्रहरु प्रस्तुत गरेको थिए कतिजनालाई मन पर्यो त कतिलाई मन परेन यो कुरा उहाँहरु सँग नै छ । आज खाजाको कुरो गरौगरौ लाग्यो । मलाई इमेलमा एउटा चित्र प्राप्त भयो र झट्ट याद आयो आफ्नो सानो बेलाको कुरो । के रहेछत उक्त खाजा तपाँइलाई भोक लागेको छ भने मनलाई राम्रोसँग धानेर मात्र भित्र छिर्नु ल ?? फेरी मुखबाट पानि आयोभने म जिम्मेबार छैन नी । सबै अध्ययन गर्ने नै हो भने भित्र नै आउनुपर्ने हुन्छ चित्र र मेरो यथार्थता । (more…)
मान्छे किन यस्तो ?
February 28, 2007यो संसारमा भएका चिजहरु बनाउने पनि मान्छे र बिगार्ने पनि मान्छे ! किन सबै मानिसहरु एकै प्रकृतिका हुदैनन् ? म पनि क्राइम मन पराउने मान्छे होइन । यस चित्रहरुले तपाँइहरुलाई नकारत्मक असर नपरोस् । के आफ्नो मुठ्ठीमा बल र हातमा हतियार छँदैमा निरजन मान्छेहरुलाई जे पनि गर्न पाइन्छ ? एकपटक तलको चित्र हेरेर मनन गर्नु त । यी सबै चित्रहरु मलाई मेलबाट प्राप्त भएका हुन् । (more…)
ऊ
February 25, 2007कल्पित सपना
र असिमित चाहनामा
रुमलिएर हिडिरहन्छ
टुकु टुकु
तर खै
फेरी
के सोच्दछ
टक्क अडिन्छ (more…)
कतै तपाँइलाई यौन रोग त लागेको छैन !
February 21, 2007तपाँइलाई कति हदसम्म थाहा छ त्यो त म भन्न सक्दिन । असुरक्षित यौन सम्पर्कको कारणले यस्ता रोगहरु सर्दछन् भन्ने थाहा नै छ । एच. आइ. भी. एड्सको बारेमा त केही भन्नु नै छैन किनकि यो सबैलाई थाहा भइरहेको कुरा हो । यौन रोग मात्र भनेर हुदैन यसका बिभिन्न सिम्टर्मसहरुले यिनीहरुलाई छुट्याएका छन् । अध्ययनको क्रममा नै फेला पारेको कारणले यहाँहरुलाई पनि थाहा नभएको भए जानाकारी गराइहालौकी भनेर मात्र हो । कतै तपाँइमा पनि यस्ता लक्षणहरु देखा परेका छन् र तपाँइ सामान्य हो भनेर बसिरहनुभएको त छैन ? यदि यहाँहरुलाई पनि यसको बारेमा जान्ने इच्छा छ भने भित्र नै आएर ढुक्क सँग पढ्नुन । (more…)
आजको परिकार !
February 19, 2007कुन्नि के लाई के धन्दा घरज्वाई लाई खानको धन्दा भने जस्तो । तर म घर ज्वाई चाहि हैन है । भन्दामा त जे भन्न पनि पाइन्छनी । तर कोहि घर ज्वाई हुनुहुन्छ भनेपनि नरिसाउनु ल ? यो एउटा नेपाली उखानको प्रयोग गरेको मात्र हु । खानेकुरा मानिसहरुको जीबन जिउनको लागि अत्यन्त आबश्यक बस्तु हो भन्दा अन्यउक्ति नहोला । कमै मात्र मान्छेहरु होलान् खाना खानुभन्दा पहिले आज के पकाएको छ भनेर भान्सा नचिहाउनेहरु । कति त गन्धले पनि पत्तो लागिहाल्दछ । होटल वा रेस्टुरेन्ट भन्छन् नी अंग्रेजीमा, त्यति छिरेर खाने बानी नभएपनि कहिलेकाहि त्यस्तै अफ्ट्यारो परेर छिर्दा फ्याट्ट मिनु ल्याएर दिन्छन् स्वागतको साथमा । गाउँले मान्छे जे पायो त्यही रुच्दैन । नाम देख्दामा नै अघाउँछु खाने काम त बाँकी नै छ । नखाउँ भनेपनि भोक छ साथीहरुको सामुन्ने अफ्ट्यारो नै । सँगै बेलुकी कोठामा आएर टुपि बाँधेर एक्लै किचनमा खाना बनाउन जाँदा नराम्रो लाग्लाफेरी आफैलाई । प्रायगरेर हामी नेपालीहरु दाल भातमा नै रमाउछौ र रमाउनुपर्ने बाध्यता पनि छ । सबैजनाको आ-आफ्ने रोजाई हुन्छ । एकजनालाई मन पर्ने अर्कोलाई मन नपर्न सक्दछ । सबैकुरा मैले किन ब्याख्या गरिरहनु !!! आजको परिकारको अबलोकन गर्न भित्रै निमन्त्रण गर्दछु पाल्नुहोला । के छ तपाँइको इच्छा ? परिकार हेरेर कमेन्टमा लेख्नु ल ?? (more…)
अपराध
February 4, 2007के हो अपराध, कसरी बन्दछन् अपराधी, कस्ता कस्ता हुन्छन् अपराध, कतै तपाँइपनि अपराधी भित्र त पर्नुहुन्न ? आउनुहोस् यसको बारेमा तपाँइलाई पनि जान्ने केहि इच्छा छ भने थोरै समय खर्च गरिहाल्नुहोस् । सामान्य रुपमा भन्नुपर्दा समाज बिरोधि वा समाजको बिरुद्धमा काम गर्नु अपराध हो जुन कार्य समाजलाई पच्दैन वा तपाँइको काम समाजले स्वीकार्दैन उक्त अपराध हो । बिद्धान ह्याडफिल्डको परिभाषालाई नै अँगाल्ने हो भने:- एउटा ब्यक्ति त्यतीबेला अपराधी बन्न जान्छ जब उसलाई शिक्षा दिन प्रेरक बलियो हुन्छ, चोतना कमजोर हुन्छ र ego साधारणतथा मान्य ब्यबहारिक मानकलाई बास्ता नगरी तात्कालीन सुख प्राप्तिका बाटोमा लग्दछ । सामन्य रुपमा तपाँइहरुले निम्न कुराहरु जान्नु आबश्यक छ । कतै तपाँइको छोराछोरीहरु अपराधी हुने त होइनन् ? हामीहरु जहिले पनि अपराधिहरुलाई कार्बाही मात्र गर्दछौ तर अपराधको जन्म किन र कसरी हुन्छ भनेर त्यसको बारेमा अनुसन्धान नै गर्दैनौ । खासमा अपराधीहरु हामी आफैले नै निम्न कारणहरुवाट जन्मइरहेका हुन्छौं । (more…)
बजेट भाषण
January 23, 2007लोकतन्त्र आएको छ बजेट भाषण गर्न अर्थ मन्त्रिनै बनिरहनु पर्दैन । अब सरकार बन्ने कहिले कहिले कुरौ भनेपनि कति कुरौ त्यतिबेला सम्मत न केही भइहाल्छ ! मेरो भाग नै खोसिने त हैन ? सायद अब यो नहोलाकी ! लामो संघर्ष पछि देशमा भर्खर मात्र शान्ति बहाली भएको छ । नेपालको अन्तरिम संबिधान २०६३ पनि बच्चा नै छ । भर्खर जन्मिएको, हुर्कन समय त लागिहाल्दछ । धैर्य गरनु पर्दछ हामीहरुले । कयौ आतंक मच्चिएको देशमा अलिअलि भनेपनि शान्ति बाहली हुन लाग्दा सबैजना खुशि हुनुमा दुइ मत नै छैन । सबैमा जोस र उमंग छ अब बन्ने नयाँ सरकारले पक्कैपनि देशलाई वा भनौंभने नयाँ नेपालको निर्माण गर्दछौ भनी धुडाँ टेकेर लाग्ने सबैजनाले आफ्नो खुट्टा कमाउनु हुनेछैन र नेपाली जनताहरुको भाबनालाई एक आपसमा छलफल गरी सबैलाई शान्त र सुखि साथै खुशि बनाउन लाग्नुहुनेछ भन्ने कामना गरौ । सबैलाई थाहा भइरहेको कुरामा ज्यादा भुल्दा उपयुक्त जस्तो पनि लाग्दैन । शिर्षकलाई नै लिएर कुरा गर्ने हो भने पहिले पुरानो सरकारको पालामा बजेट भाषण श्रावणमा हुने गर्दथ्थो तपाँइहरुलाई लागेको होला अहिल्यै यसले बजेट भाषणको बारेमा लेख्न थाल्यो भनेर ! चिन्ता नगर्नुहोस् नयाँ नेपालको निर्माण हुदैछ परिवर्तन नहोला भन्न पनि सकिन्न । यदि तपाँइहरुले यस महिनाको मधुपर्क नपढ्नु भएको भए यहाँ क्लिक गर्नुहोस् र पढ्नुहोस् सुर्यबहादुर पिवा ले बजेट भाषण कसरी गर्नु भएको रहेछ । हाँसो पनि लाग्ला पढ्दामा हास्यब्यड.ग्य शिर्षक मा नै छापिएको पनि छ तर सोच्ने हो भने यथार्थ !
फेरी एकपटक बच्चा हुन पाए !
January 22, 2007मैले पहिलेपनि बाचा गरेको थिए तपाँइहरु समक्ष यदि तपाँइहरुले भुल्नु भएको छैन भने । घुम्दै फिरदै जाने क्रममा सबैकुराहरु एकैचोटि गर्न नभ्याइने र नसकिने पनि सँगै छदैछ । मेरो दिमागले मलाई आज यतापटि सर्च गर्त भनेर देखायो त्यसैले डि ड्राइभमा गएर एउटा फाइल क्लिक गरे जसको नाम साथी लेखिएको छ । अझ पनि म भित्र छिर्न चाहन्छु त्यो हो बच्चाबेलाको स्मरण । खासै तपाँइहरुको महत्वापुर्ण समयलाई खेर नफाल्नुहोस् यदि भैहाल्छ नी के भयो त भन्दै हुनुहुन्छ भने पढ्दा फरक पर्दैन । अन्तमा गएर बाड.फुसे कुरा पनि नभन्नुहोला भन्न सक्दिन । कागले आफ्नै नाम काड्दछ भनेजस्तै मैले केबल आफ्ना पहिलेका कुराहरुको स्मरण मात्र गर्न लागेको हु । अब बिषय प्रबेश तर्फ लागिहालौं । कुरा उही रमाइलो संसारको हो जतिबेला हामीहरुलाई रोएमात्र पुग्दथ्थो कुनैपनि कुरा सुल्झाउन वा कुनैपनि समस्या आइपरेको बेलामा । अहिले आएर झल झल सम्झन्छु उक्त दिनहरु । सोच्दछु फेरी एकपटक बच्चा हुन पाए पनि हुन्थ्थो । बच्चा हुने कुरा त के बच्चा बनाउने उमेर पनि नाग्न लागिसक्यो तर पारा भने अझै गएको छैन । आफैले आफ्नो खाडल खन्दै छु । त्यतीबेला भर्खर स्कुल जाने जोश चलेको थिथौ, नयाँ नयाँ बेला स्कुल जाने भनेको त पढ्न नभइकन खेल्न जस्तो लाग्दथ्थ्ाो । घरमा सबैले क्यार क्यार गरिरहने स्कुलमा त मास्टरको आँखा कान छल्न पाए भइहाल्यो । कक्षा छाडेर एकतिरको झाडिमा छिरे भइहाल्यो गाउँको ठाउँ बनमाराको धारी थिथो खेल्यो बस्यो । सबैजना उस्तै अधबेस्राहरु त्यो मा नै मज्जा हुन्थ्थो । त्यतिमात्र नभएर दादा, दिदीहरुको लागि ल्याएर बुबाले राखिदिनुभएको कपिहरुको त के कुरा गर्नु । अत्याधिक बाठो बनेर सिंगै कपि लिइ जाँदा अरुहरुले थाहा पाउनुहुन्छ भनेर भित्रदेखिबाट पन्ना छ्ट्टयाइ लगेर साथीहरुसँग मिलि चक्लेट पनि खाइयो बच्चो बेलामा गुलियोको स्वाद त्यसको कुरा नै छाडिदिउँ । पहिले चकलेट खाएर गुलियो बनाएको मिठो मुखवाट सोधिएका प्रश्नको नराम्रो उत्तर दिदा, चक्लेट भाग लगाउँदा कसैले धेरै खान्छकी भनेर हेर्ने तिखा आँखाहरुबाट धेरै आशुहरु खस्योपनि सजाय भोग्नुपर्दा । त्यो बेलामा कसले थाहा पाइदिने यो राम्रो काम हो त्यो नराम्रमो काम हो भनेर संझाएको । बास मिठो मिठो खान, नयाँ राम्रो लगाउन र खेल्न जान पाए पुग्ने । साथीहरु पनि उस्तै जतिबेला पनि सानो निहुमा पनि झगडा गर्नु पर्ने सबैलाई सबैजना मै हु भन्ने उसको सासन लाद्न खोज्ने । किन पो मन पर्दछ र । शुरुको बर्षमा हाबा खाएर हिड्दा परीक्षामा फेलको परिणम पाउँदा त्यतिबेला लागेको चोट त अहिले कुनै परीक्षा अनुतिर्ण भइयो भनेपनि लाग्दैन । हो त्यति बेला सँगै भएका मेरा साथीहरु अझसम्म पनि छन् तर अहिले को कता पुग्यो को कता । खासै सम्पर्कमा ३।४ जनाजति छन् भेट भएको बेलामा त्यहि बिगतमा आफुले मच्चाएका क्रियाकलापहरु स्मरण गर्दा मा नै ठिक्क हुन्छ । खै तपाँइहरुलाई लाग्दछकी लाग्दैन म भने कहिलेकाही यसो सोचेर बस्दा यो पनि मनले सुटुक्क बताइहाल्दछ र झट्ट यो दिमागले सोच्न पुग्दछु फेरी एकपटक बच्चा हुन पाए !