नमस्कार ।। यो अल्पबिरामको पेजमा यहाँहरु सबैलाइ स्वागत छ । यदी तपाँइहरु पनि यो पेजमा आप्नो सहभागीता जनाउन चाहनुहुन्छ भने ढुक्क भएर आउनुहोस् । अल्पबिराम यहाँहरुको स्वागतको लागि हाजीर छ । ........अल्पबिराम ।।

नयाँ बर्षको शुभ कामना ।।
April 10, 2007

नयाँ बर्ष २०६४ सालको उपलक्ष्यमा यहाँहरु सबैजनाको सुख, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।  अल्पबिराम डट ब्लगसम डट कम ।।
(more…)

खाजाको कुरो र बिगतको संझना
March 14, 2007


अब के देखेपछि छाड्नै मन नलाग्ने । यो ब्लगमा लेख्ने बानि पनि लाग्यो कहिले भनेको बेलामा समय मिल्दैन त कहिले केही । आज धेरै दिनपछि म यहाँ केही लेख्ने प्रयास गरिरहेको छु । मेरा साथीहरु कतिले सोच्नुभएको होला यो कता गएछ भनेर हराएको भने छैन है म ।

यसभन्दा पहिले आजको खाना शिर्षकमा केही चित्रहरु प्रस्तुत गरेको थिए कतिजनालाई मन पर्यो त कतिलाई मन परेन यो कुरा उहाँहरु सँग नै छ । आज खाजाको कुरो गरौगरौ लाग्यो । मलाई इमेलमा एउटा चित्र प्राप्त भयो र झट्ट याद आयो आफ्नो सानो बेलाको कुरो । के रहेछत उक्त खाजा तपाँइलाई भोक लागेको छ भने मनलाई राम्रोसँग धानेर मात्र भित्र छिर्नु ल ?? फेरी मुखबाट पानि आयोभने म जिम्मेबार छैन नी । सबै अध्ययन गर्ने नै हो भने भित्र नै आउनुपर्ने हुन्छ चित्र र मेरो यथार्थता । (more…)

फेरी एकपटक बच्चा हुन पाए !
January 22, 2007


मैले पहिलेपनि बाचा गरेको थिए तपाँइहरु समक्ष यदि तपाँइहरुले भुल्नु भएको छैन भने । घुम्दै फिरदै जाने क्रममा सबैकुराहरु एकैचोटि गर्न नभ्याइने र नसकिने पनि सँगै छदैछ । मेरो दिमागले मलाई आज यतापटि सर्च गर्त भनेर देखायो त्यसैले डि ड्राइभमा गएर एउटा फाइल क्लिक गरे जसको नाम साथी लेखिएको छ । अझ पनि म भित्र छिर्न चाहन्छु त्यो हो बच्चाबेलाको स्मरण ।

खासै तपाँइहरुको महत्वापुर्ण समयलाई खेर नफाल्नुहोस् यदि भैहाल्छ नी के भयो त भन्दै हुनुहुन्छ भने पढ्दा फरक पर्दैन । अन्तमा गएर बाड.फुसे कुरा पनि नभन्नुहोला भन्न सक्दिन । कागले आफ्नै नाम काड्दछ भनेजस्तै मैले केबल आफ्ना पहिलेका कुराहरुको स्मरण मात्र गर्न लागेको हु ।

अब बिषय प्रबेश तर्फ लागिहालौं । कुरा उही रमाइलो संसारको हो जतिबेला हामीहरुलाई रोएमात्र पुग्दथ्थो कुनैपनि कुरा सुल्झाउन वा कुनैपनि समस्या आइपरेको बेलामा । अहिले आएर झल झल सम्झन्छु उक्त दिनहरु । सोच्दछु फेरी एकपटक बच्चा हुन पाए पनि हुन्थ्थो । बच्चा हुने कुरा त के बच्चा बनाउने उमेर पनि नाग्न लागिसक्यो तर पारा भने अझै गएको छैन । आफैले आफ्नो खाडल खन्दै छु । त्यतीबेला भर्खर स्कुल जाने जोश चलेको थिथौ, नयाँ नयाँ बेला स्कुल जाने भनेको त पढ्न नभइकन खेल्न जस्तो लाग्दथ्थ्ाो । घरमा सबैले क्यार क्यार गरिरहने स्कुलमा त मास्टरको आँखा कान छल्न पाए भइहाल्यो । कक्षा छाडेर एकतिरको झाडिमा छिरे भइहाल्यो गाउँको ठाउँ बनमाराको धारी थिथो खेल्यो बस्यो ।

सबैजना उस्तै अधबेस्राहरु त्यो मा नै मज्जा हुन्थ्थो । त्यतिमात्र नभएर दादा, दिदीहरुको लागि ल्याएर बुबाले राखिदिनुभएको कपिहरुको त के कुरा गर्नु । अत्याधिक बाठो बनेर सिंगै कपि लिइ जाँदा अरुहरुले थाहा पाउनुहुन्छ भनेर भित्रदेखिबाट पन्ना छ्ट्टयाइ लगेर साथीहरुसँग मिलि चक्लेट पनि खाइयो बच्चो बेलामा गुलियोको स्वाद त्यसको कुरा नै छाडिदिउँ । पहिले चकलेट खाएर गुलियो बनाएको मिठो मुखवाट सोधिएका प्रश्नको नराम्रो उत्तर दिदा, चक्लेट भाग लगाउँदा कसैले धेरै खान्छकी भनेर हेर्ने तिखा आँखाहरुबाट धेरै आशुहरु खस्योपनि सजाय भोग्नुपर्दा । त्यो बेलामा कसले थाहा पाइदिने यो राम्रो काम हो त्यो नराम्रमो काम हो भनेर संझाएको । बास मिठो मिठो खान, नयाँ राम्रो लगाउन र खेल्न जान पाए पुग्ने । साथीहरु पनि उस्तै जतिबेला पनि सानो निहुमा पनि झगडा गर्नु पर्ने सबैलाई सबैजना मै हु भन्ने उसको सासन लाद्न खोज्ने । किन पो मन पर्दछ र ।

शुरुको बर्षमा हाबा खाएर हिड्दा परीक्षामा फेलको परिणम पाउँदा त्यतिबेला लागेको चोट त अहिले कुनै परीक्षा अनुतिर्ण भइयो भनेपनि लाग्दैन । हो त्यति बेला सँगै भएका मेरा साथीहरु अझसम्म पनि छन् तर अहिले को कता पुग्यो को कता । खासै सम्पर्कमा ३।४ जनाजति छन् भेट भएको बेलामा त्यहि बिगतमा आफुले मच्चाएका क्रियाकलापहरु स्मरण गर्दा मा नै ठिक्क हुन्छ । खै तपाँइहरुलाई लाग्दछकी लाग्दैन म भने कहिलेकाही यसो सोचेर बस्दा यो पनि मनले सुटुक्क बताइहाल्दछ र झट्ट यो दिमागले सोच्न पुग्दछु फेरी एकपटक बच्चा हुन पाए !