सामान्य अर्थमा Drug लाई लागूपदार्थ र Alchohal लाई मादक पदार्थ भनिन्छ । लागूपदार्थ भनेको त्यो बस्तु खाएपछि शरीरमा लाग्नु, शरीरको सन्तुलन बिग्रनु हो भने मादक पदार्थ भनेको त्यो बस्तु खाएपछि शरीरमा लाग्नु, शरीर मात्तिनु, शरीरको सन्तुलन बिग्रनु हो । अत लागूपदार्थ र मदिरासेबन दुबै लागूपदार्थ हुन्छ ।
Drug लाई नेपालीमा औषधी र लागूपदार्थ दुबै रुपमा प्रयोग गरिन्छ । अर्थात Drug लाई ठीक मात्रामा प्रयोगमा ल्याउँदा औषधी हुनुक्छ भने ज्यादा मात्रामा प्रयोग गर्दा लागूपदार्थ हुन्छ । कुनैपनि बिरामी वा रोग निको पार्न प्रयोग गरिने म्चगन औषधी हो भने नसालु वा मादक पदार्थका रुपमा प्रयोग गरिने म्चगन लागूपदार्थ हो । सामान्य रुपमा भन्नुपर्दा चिया, कफी, चुरोट, खैनी, गाँजा, भांग, धतुरो, हिरोइन, स्म्याक आदि लागूपदार्थ को उदाहरणहरु हुन् भने जाँड, रक्सी, हिस्की, ब्राण्डी, रम आदि मदिराका उदाहरणहरु हुन् ।
Drug लाई कुनै बस्तुका रुपमा परिभाषित गर्न सकिन्छ जुन रासायनिक प्रकृतिको हुन्छ जसले जीबित प्राणीको संरचना र कार्यमा हेरफेर गर्न गराउन सक्दछ । यस्तो Drug जसले अनुभवमा र प्रत्यक्षीकरणमा प्रभाब पार्दछ त्यसलाई Psychoactive Drug भनिन्छ । सबै Drugs को केही न केही मनेबैज्ञानिक प्रभाब हुन्छ, हामि तिनको प्रभाब अनुभब गर्दछौ र तिनले हाम्रो मनस्थितीमा परिबर्तन ल्याउँछ । तिनीहरु त्यस्ता Drug हुन् जसलाई प्रारम्भिक प्रयोग नै मनेबैज्ञानिक प्रभाबका लागि गरिएका हुन्छन् । तिनलाई Psychoactive Drug भनिन्छ । यस्ता Psychoactive Drug को रासायनिक कार्य स्नायु प्रणलीमा पूर्ण रुपमा प्रभाब पारने हुदैन तर तिनको प्रभाब ब्यक्तिको औषधिपर्तिको पूर्ण अनुभबमा भर पर्दछ । अर्थात कुन अबस्थामा ब्यक्तिले कुन मात्रामा कुन औषधि प्रयोग गरेको छ त्यसका आधारमा रासायनिक तबरवाट स्नायु प्रणलीमा प्रभाब पर्ने गर्दछ । यस प्रकारको ब्यक्ति बाताबरण र औषधिको प्रभाबको अबस्थालाई Drug Environment Interactions भनिन्छ ।
मानब जीबनका ब्यबहारीक प्रक्रियाको अध्ययन गर्दा बाल्याकालबाट बृद्ध अबस्यासम्मका बिकासका बिभिन्न चरणहरुमा ब्यक्तिले Vitamins, Aspirin, Cold-relief, Medicine लगायतका थुप्रै थुप्रै Drug लाई औषधिका रुपमा प्रयोग गर्दै आइरहेका पाइन्छन् । यस्ता कुनैपनि प्रकारका औषधिहरुले शारीरिक, मानसिक रुपमा कुनै न कुनै प्रकारका प्रभाबहरु पारिरहेका हुन्छन् ।
यसप्रकार प्रयोगमा ल्याइने औषधिहरु जसले ब्यक्तिको संबेगहरु, प्रत्यक्षीकरणहरु र ब्यबहार (Emotion, Perceptions and Behaviour) मा असर गर्दछ, यिनलाई ब्यक्तिको चेतनामा पारेको असर भनिन्छ यस्तो असर पार्ने औषधिलाई Psychoactive Drugs भनिन्छ । उदाहरणका लागि हामिले प्रयोग गरिरहने चिया, कफि, बियर Psychoactive Drugs हरु हुन् ।
बास्तबमा यस प्रकारमा कुनैपनि औषधिहरु मानिसले जब लामो समयसम्म प्रयोगमा ल्याइन्छ Addictive हुने सबैभन्दा ठुलो खतरा हुन्छ । यस्ता औषधिहरु जसले प्रयोग नगर्दा ब्यक्तिले आप्ना दैनिक कार्यहरु गर्न गराउन सक्दैन, शारीरिक र मानसिक रुपबाट ब्यक्ति असक्त हुन्छ भने त्यस्ता औषधिलाई Addictive Drugs भनिन्छ । यस्ता औषधिहरुमा क्याफिन (Caffein), निकोटिन (Necotine), हेरोइन (Heroin) आदिलाई लिन सकिन्छ । यसरी हेर्दा मनेबैज्ञानिकहरुले औषधिलाई Psychoactive र Addictive गरी दुइ प्रकारबाट बिभाजन गरेको पाइन्छ ।
Psychoactive Drugs: Drugs that influence a person’s emotions perceptions and behaviour.
Addictive Drugs: Drugs that produce a biological of psychological dependence the user.
अध्ययन बाट के बुझ्नुभयो एकपटक पुन स्मरण गरेर सोच्नुहोस् त तपाँइले दैनिक रुपमा प्रयोग गर्दै आइरहनुभएका माथि उल्लेखित चिजहरु कुन समुहमा पर्ने रहेछन् र यसले तपाँइ हाम्रो दैनिक जनजीबनमा कस्तो प्रभाब पार्ने रहेछ र हामीहरुले थिनीहरुलाई कस्तो रुपले प्रयोग गर्नुपर्ने रहेछ । साधारण रुपमा प्रयोग गरिरहेको औषधी ले तपाँइलाइ कसरी लागूऔषधमा वा लागूपदार्थ दुव्यसनमा पुर्याउँछ भन्ने !