नमस्कार ।। यो अल्पबिरामको पेजमा यहाँहरु सबैलाइ स्वागत छ । यदी तपाँइहरु पनि यो पेजमा आप्नो सहभागीता जनाउन चाहनुहुन्छ भने ढुक्क भएर आउनुहोस् । अल्पबिराम यहाँहरुको स्वागतको लागि हाजीर छ । ........अल्पबिराम ।।

नयाँ बर्षको शुभ कामना ।।
April 10, 2007

नयाँ बर्ष २०६४ सालको उपलक्ष्यमा यहाँहरु सबैजनाको सुख, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।  अल्पबिराम डट ब्लगसम डट कम ।।
(more…)

लागूपदार्थ र मदिरासेबन
January 8, 2007

सामान्य अर्थमा Drug लाई लागूपदार्थ Alchohal लाई मादक पदार्थ भनिन्छ लागूपदार्थ भनेको त्यो बस्तु खाएपछि शरीरमा लाग्नु, शरीरको सन्तुलन बिग्रनु हो भने मादक पदार्थ भनेको त्यो बस्तु खाएपछि शरीरमा लाग्नु, शरीर मात्तिनु, शरीरको सन्तुलन बिग्रनु हो अत लागूपदार्थ मदिरासेबन दुबै लागूपदार्थ हुन्छ

Drug लाई नेपालीमा औषधी लागूपदार्थ दुबै रुपमा प्रयोग गरिन्छ अर्थात Drug लाई ठीक मात्रामा प्रयोगमा ल्याउँदा औषधी हुनुक्छ भने ज्यादा मात्रामा प्रयोग गर्दा लागूपदार्थ हुन्छ कुनैपनि बिरामी वा रोग निको पार्न प्रयोग गरिने म्चगन औषधी हो भने नसालु वा मादक पदार्थका रुपमा प्रयोग गरिने म्चगन लागूपदार्थ हो सामान्य रुपमा भन्नुपर्दा चिया, कफी, चुरोट, खैनी, गाँजा, भांग, धतुरो, हिरोइन, स्म्याक आदि लागूपदार्थ को उदाहरणहरु हुन् भने जाँड, रक्सी, हिस्की, ब्राण्डी, रम आदि मदिराका उदाहरणहरु हुन्

Drug लाई कुनै बस्तुका रुपमा परिभाषित गर्न सकिन्छ जुन रासायनिक प्रकृतिको हुन्छ जसले जीबित प्राणीको संरचना कार्यमा हेरफेर गर्न गराउन सक्दछ यस्तो Drug जसले अनुभवमा प्रत्यक्षीकरणमा प्रभाब पार्दछ त्यसलाई Psychoactive Drug भनिन्छ सबै Drugs को केही केही मनेबैज्ञानिक प्रभाब हुन्छ, हामि तिनको प्रभाब अनुभब गर्दछौ तिनले हाम्रो मनस्थितीमा परिबर्तन ल्याउँछ तिनीहरु त्यस्ता Drug हुन् जसलाई प्रारम्भिक प्रयोग नै मनेबैज्ञानिक प्रभाबका लागि गरिएका हुन्छन् तिनलाई Psychoactive Drug भनिन्छ यस्ता Psychoactive Drug को रासायनिक कार्य स्नायु प्रणलीमा पूर्ण रुपमा प्रभाब पारने हुदैन तर तिनको प्रभाब ब्यक्तिको औषधिपर्तिको पूर्ण अनुभबमा भर पर्दछ अर्थात कुन अबस्थामा ब्यक्तिले कुन मात्रामा कुन औषधि प्रयोग गरेको त्यसका आधारमा रासायनिक तबरवाट स्नायु प्रणलीमा प्रभाब पर्ने गर्दछ यस प्रकारको ब्यक्ति बाताबरण औषधिको प्रभाबको अबस्थालाई Drug Environment Interactions भनिन्छ

मानब जीबनका ब्यबहारीक प्रक्रियाको अध्ययन गर्दा बाल्याकालबाट बृद्ध अबस्यासम्मका बिकासका बिभिन्न चरणहरुमा ब्यक्तिले Vitamins, Aspirin, Cold-relief, Medicine  लगायतका थुप्रै थुप्रै Drug लाई औषधिका रुपमा प्रयोग गर्दै आइरहेका पाइन्छन् यस्ता कुनैपनि प्रकारका औषधिहरुले शारीरिक, मानसिक रुपमा कुनै कुनै प्रकारका प्रभाबहरु पारिरहेका हुन्छन्

यसप्रकार प्रयोगमा ल्याइने औषधिहरु जसले ब्यक्तिको संबेगहरु, प्रत्यक्षीकरणहरु ब्यबहार (Emotion, Perceptions and Behaviour) मा असर गर्दछ, यिनलाई ब्यक्तिको चेतनामा पारेको असर भनिन्छ यस्तो असर पार्ने औषधिलाई Psychoactive Drugs भनिन्छ उदाहरणका लागि हामिले प्रयोग गरिरहने चिया, कफि, बियर Psychoactive Drugs हरु हुन्

बास्तबमा यस प्रकारमा कुनैपनि औषधिहरु मानिसले जब लामो समयसम्म प्रयोगमा ल्याइन्छ Addictive हुने सबैभन्दा ठुलो खतरा हुन्छ यस्ता औषधिहरु जसले प्रयोग नगर्दा ब्यक्तिले आप्ना दैनिक कार्यहरु गर्न गराउन सक्दैन, शारीरिक मानसिक रुपबाट ब्यक्ति असक्त हुन्छ भने त्यस्ता औषधिलाई Addictive Drugs भनिन्छ यस्ता औषधिहरुमा क्याफिन (Caffein), निकोटिन (Necotine), हेरोइन (Heroin) आदिलाई लिन सकिन्छ यसरी हेर्दा मनेबैज्ञानिकहरुले औषधिलाई Psychoactive Addictive गरी दुइ प्रकारबाट बिभाजन गरेको पाइन्छ

Psychoactive Drugs: Drugs that influence a person’s emotions perceptions and behaviour.

Addictive Drugs: Drugs that produce a biological of psychological dependence the user.

अध्ययन बाट के बुझ्नुभयो एकपटक पुन स्मरण गरेर सोच्नुहोस् तपाँइले दैनिक रुपमा प्रयोग गर्दै आइरहनुभएका माथि उल्लेखित चिजहरु कुन समुहमा पर्ने रहेछन् यसले तपाँइ हाम्रो दैनिक जनजीबनमा कस्तो प्रभाब पार्ने रहेछ हामीहरुले थिनीहरुलाई कस्तो रुपले प्रयोग गर्नुपर्ने रहेछ साधारण रुपमा प्रयोग गरिरहेको औषधी ले तपाँइलाइ कसरी लागूऔषधमा वा लागूपदार्थ दुव्यसनमा पुर्याउँछ भन्ने !

धर्म के त !
December 19, 2006

यस भन्दा अगाडिको लेखमा मैले यौबनाबस्याको बारेमा लेखेको थिए, बिस्तार बिस्तारै म बिभिन्न शिर्षकमा लेख्दै जानै बिचारमा थिए आफुले सकेसम्मको यसै बिषयमा एक सद्धेय मित्रले तपाँइको लेख यौनमा उन्मुख त हैन भनेर लेखिपठाउनु भएको रहेछ प्रतिक्रियमा त्यसैले पनि आज म हजुरहरुलाइ धमैको बारेमा थोरै चर्चा गर्न लागेको हु यो बदलिदो युबा पुस्ताको मझमा ।

अहिलेसम्म खासैं धर्मको बिशेष परिभाषा र यसको खासैं अनुसन्धान नभएको जस्तो नै लाग्दछ तर सबैजना प्राय गरेर यसको पछि लागिरहेका देखिन्छन् । यो नहुन पनि सक्दछ तर हामीले थाहा पाइरहेका छौ की बिभिन्न धर्मालम्बिहरुको आफ्नो आफ्नै रीति रीवाज र कार्यहरु छन् जुन हाम्रा पिता पुर्खाको पालोदेखी नै यसरी अबलम्बन गर्नु पर्दछ भनेर बनाइएको निती नियम अनुरुप चलिरहेको पाइन्छ ।

यस बारेमा मेरो धारणा यसरी राख्दछु .. धर्म भनेको मानिस जगतको लागि एक सीमामा बाँधेर वा एक परिधिभित्र राखेर काम गराउनको लागि साक्षी राख्ने र सोचाइ राखेमा कहिल्यै नहराउन एक तत्व हो । जसले हाम्रो समाजलाई बिभिन्न भागमा छुट्याएको छ । यसको कारणवाट नै सामाजिक रीति रीवाजमा फरक पार्दछ ।

धर्मको बारेमा चल्दै आएका परम्परालाई बैज्ञानिक दृष्टिकोणले हाम्रो दिमागलाइ घुमाउने हो भने यसबाट पनि फाइदाजनक उपलब्धि देखीन्छ । हिन्दु धर्म अनुरुप बेला बेलामा ब्रत बस्ने कुराहरु आउँछन् यो नियमीत रुपमा केहि समयको अन्तरालमा बस्दा फाइदाजनक नै देखिन्छ । सायमा यस्तै गरेर क्रिश्चियनहरु र मुस्लिमहरुलगायत सबै धर्मालम्बिहरुको आ आफ्नै परम्पराहरु छन् । मुस्लिमहरु दैनिक ५ पटक मस्जितमा गएर सल्लाहा पढ्ने गर्दछन् भने क्रिश्चियनहरु आफ्नो हप्ताको अन्तिम दिनमा आफुलाइ पायक पर्ने चर्चमा भेला भएर एक आपसमा आफ्ना अनुभबहरु साट्ने र भजन क्रितन गर्ने गर्दछन् ।

यसरी हेर्दा साम्यबादि मुलुक जस्तै चीन लगायत यस्तै अन्य देशहरुको कुराहरुलाई छाडेर अन्य देशहरुको कुरा गर्ने हो भने हिन्दु, बौद्ध, आर्य, मंगोल, मुस्लिम, इर्साई, यहुदी, सिन्तो आदि धर्महरु मान्ने गर्दछन् । आखिर धर्म मन्नु भनेको भगवान प्रति बिश्वास लिनु हो र भगवान्को रुपमा कसैले एकको नाम जप्दछन् तर कसैले अर्काको । मानिसहरु एक आपसमा जुधेतापनि आखिर उनीहरुले मानेको त इश्वर नै हो जो अदृश्य छ र सबै धर्मालम्बिहरु

त्यसको नै पछि परेका छन् । यो सबैजनाको आत्माको एक बिश्वास हो । जसले इश्वर छ भनेर बिश्वास लिन्छ उनीहरु यसैमा रुमलिन्छन् र आफ्नो समय बिताउँछन् जो नास्तिक छन् उनीहरुमा धर्मप्रति बिश्वास नै छैन उनीहरु यस बारेमा सोच्दै सोच्दैनन् किनकी उनीहरुमा यस बारे आत्मा बिश्वास नै छैन । र्सबप्रथम कुनै पनि कुरा गर्न र त्यसमा लाग्न आत्माबिश्वासको आबस्यकता लाग्दछ आफ्नो आत्मालाइ बिश्वास गराउनुहोस् अनि मात्र कुनैपनि कार्यमा अघि बढ्नुहोस् ।

संसारमा जतिपनि धार्मिक राष्ट्रहरु छन् उनीहरुको शिक्षामा पनि यसको प्रत्यक्ष प्रभाब र केही हिस्सा ओगटेको छ र धर्मको प्रभाब शिक्षामा परेको पाइन्छ । नेपालको पर्रि्रेक्षमा कुरा गर्ने हो भने नेपाल बहुधार्मिक तर बिश्वमा एकमात्र हिन्दु अधिराज्य मानिदै आएको छ । नेपाली समाजको जग हिन्दुधर्मालम्बी आर्यहरु र बौद्धधर्मालम्बी मंगोलहरुबाट अधि पढेको पाइन्छ । हिन्दु धर्मको बिकास बैद्धिक कालबाट बौद्ध धर्मको गौतम बुद्धको धर्म प्रचारवाट भएको पाइन्छ भने मुस्लिमहरुको इतिहाँस पति पुरानो छ । क्रिश्चियनहरु भने खासगरी सन् १९५० देखि बसेको अनुमान छ । धर्मको बारेलाइ लिएर बिभिन्न राष्टहरुमा मनमुटाब र झैझगडा प्रचुर पाइन्छ तर नेपाली समाज बिश्वको धार्मिक सहिष्णुता र आपसी बिश्वास भएको समाज जहाँ धर्मको नाममा द्धान्द, भगडा र काटमार खासै भएको पाइदैन । बिभिन्न जातिहरु हिन्दु र बौद्ध धर्म समान रुपमा मान्ने गर्दछन् ।

अन्तमा के भने हामीहरु जो धर्मको नाममा बिभिन्न बाटोहरु रोजेर, लिएर हिडिरहेका छौं आखिर हाम्रो गएर मिलन हुने केन्द्र भनेको एउटै नै हो र धर्म भनेर मान्ने स्वरुप मात्र फरक हो हामिहरुले यस बिषयलाई लिएर छलफलमा उत्रनु उचित नहोलाकी !

आत्मबिकास
December 12, 2006

हुनत सबैलाइ थाहा नै छ के हो आत्मबिकास भनेर तरपनि अलिकति यसको बारेमा आज जानाकारी दिइहालौकी भनेर लागेको छु । परिभाषा नै गर्ने हो भने ‘व्यक्तिले आप्नो दक्षताको आफै बिकास गर्नुलाई आत्मबिकास भनिन्छ’ । अझ खुलस्थ पार्ने हो भने ‘सामान्यतया व्यक्तिले आप्नो सीपमा दक्षता हासिल गर्नु वा सीप बिकासका कार्यहरु गर्नुलाई’ आत्माबिकास कार्यक्रममा राखिन्छ ।

अब तपाँइ आफै सोच्नुहोस् त तपाँइमा आत्मबिकास छ की छैन । कसैकोमा गइरहनु पर्दैन यदि तपाँइ आप्नो सामु रहेर आफै सोच्न र परीक्षा लिन सक्नुहुन्छ । कसैले तपाँइको बारेमा प्रतिक्रिया गरी रहनु पर्दैन । आफै आप्नो बारेमा प्रतिक्रिया गर्नुहोस् र अब के गर्ने र आप्नो बाटो आफै रोज्नुहोस् मैले के गर्दा अब राम्रो हुन्छ भनेर ।

अर्को एउटा उदाहरण दिन्छु अझ यसलाइ प्रष्ट बनाउने क्रममा यदि यहाँहरुलाइ प्रष्ट भएको छैन भने । जस्तो डाक्टरले सैद्धान्तिक रुपमा पढाइको ज्ञान हासिल गर्नु र अस्पतालमा काम गर्दै अनुभब प्राप्त गरेको आधारमा दक्षता प्राप्त गर्नु आत्मबिकास गर्नु हो । यस्तै गरी बिभिन्न सिपमुलक कार्यहरुमा संलग्न कामदारहरुले बिभिन्न काममा संलग्न भइ आप्नो आप्नो कार्यको कार्यकुशलतामा अभिबृद्धि गर्नु आत्मबिकास हो ।

यसबाट प्रत्यक्ष रुपमा हाम्रो व्यक्तिगत जीवनलाइ मात्र फाइदा पुग्ने होइनकी यसवाट प्रत्यक्ष र परोक्ष रुपमा देशलाइ नै फाइदा पुग्दछ । यसरी सबैजना आ आप्नो ठाउबाट आप्नो आत्मबिकासमा लागेर काम गर्ने हो भने राष्टलाइ चाहिएका आबस्यक जनशक्तिको योग्यता, दक्षता र क्षमतामा बिकास भई राष्ट्रिय बिकासमा सहयोग पुग्न जान्छ । यसरी सबैजना कर्मठ रुपमा लाग्ने हो भने र यसको लागी उचित वातावरण मिलाउन सकेको खण्डमा हामी नेपालीहरु अरुहरुको देशलाइ राम्रो देखेर उतैतीर आप्ना सपनाहरु साहाकार बनाउनतीर लम्कनु पर्ने अबस्थाहरु भने सृजना नहोलाकी भन्ने सानो सोचाइ हो ! आफुले आफुलाई नै चिन्ने प्रयत्नमा लाग्नुहोस् भन्ने कामना !

कुरा सकारात्मक र नकारात्मक सोचाइको !
December 10, 2006

आज मलाइ लेखनको प्रारम्भ छुट्टै तरीकाले गर्न मन लाग्यो । भन्नत सबैजनाले यस्तै भन्छन् कुनै उत्पादक कम्पनीहरु आप्नो सामानको प्रचारको लागि हाम्रो अरुको उत्पादन भन्दा छुट्टै छ, अर्काथरी चलचित्र निर्माणको कुरा गर्दा उनीहरु पनि त्यसै भन्दछन्, फेरी कुनै गीति संग्रहकै कुरा किन नगर्नै उनीहरुको कुरा झन् फरक छ नभन्ने कुरानै भएन । म पहिले बाटनै अलिक फरक ढंगमा कलम चलाउँछु भनेर ब्लगीड. गरिरहेको ब्लगलाइ बीचमा नै अलपत्र पारेर यहाँ आए तर खै यसले कतिसम्मको ठाउँ ओगट्दछ त्यो त आप्नै ठाउँमा छ । अहो गफै गफमा मात्र ! होइन अब प्रसंग शुरु गरौ एउटा चुडकिला वाट । पढ्दै जाने क्रममा मैले एउटा चुडकिला भेटे र आजको बिषयबस्तु नै यसलाइ रोजेर !

एकजना डाक्टर एउटा गाउँमा पुग्नुहुन्छ र बिरामीहरुको सेवालाइ नै आप्नो धर्मको रुपमा लिएर निरन्तर आप्नो कार्यमा लागिरहनु हुन्छ । त्यो गाउँमा धेरै जना रक्सि खाने मन्छेहरुको जमात उहाँलाइ मन पर्दैन । उहाँ जहिलेपनि ती मानिसहरुलाइ सम्झाउनमा नै ब्यस्त रहनुहुन्छ तर जति संझाएपनि उक्त ठाउँका मानिसहरु भने रक्सि खान नै छाड्दैनन् र उहाँलाइ दिक्क लाग्दछ कति संझाउँ ! तरपनि उहाँलाइ उक्त मानिसहरुलाइ रक्सि खानवाट छुटाउन पाएत भन्ने दृढ इच्छा मनमा हुन्छ र एकदिन सबैजनालाई भेला बनाएर एउटा प्रयोग गरेर देखाउनमा लाग्नुहुन्छ यसवाट त पक्कैपनि सिक्दछन् होला भनेर । यस प्रयोगको लागि उहाँले सबैलाइ भेला बनाउनुहुन्छ र बीचमा आफु दुइबटा गिलास एउटामा पानि र अर्कोमा रक्सि साथमा एउटा जुकालाइ लिएर । सबेजनाले देख्नेगरी जुकालाइ पनिमा हाल्नुहुन्छ, जुका राम्रैसँग पानिमा चलमलाइरहेको हुन्छ । सोहि जुकालाइ फेरी पनिको गिलासबाट निकालेर रक्सि भएको गिलासमा राख्नुहुन्छ, केही समयमा नै जुका मरेर माथि तैरन्छ । उहाँले भन्दै हुनुहुन्छ देख्नुभयो मैले गरेको प्रयोग ! ल अब भन्नुहोस् त रक्सि खान हुने रहेछकी रहेनछ भनेर । त्यत्तिकैमा एकजना जुरुक्क उठ्यो र भन्ने किन नहुने सर रक्सित झन खानुपर्ने रहेछनी किनकी यसे हाम्रो शरिरमा भएको जुका पनि मार्ने रहेछ ।

ल अब तपाँइको पालो सोच्ने कति सान्दर्भिक लाग्यो त उक्त मानिसको बिचार डाक्टरको प्रयोगमा ! किन हामिहरुमा कमि छ की सकारात्मक भन्दा नकारात्मक सोचाइ पहिले आउँछ ! यदि सबैमा सकारत्मक सोचाइ आउने हो भने के यस्तै हालत हुन्छ त हामीहरुको । यसवाट योरै सिक्न भने नभुल्नुहोस् हुनत भर्खर को ठेट्नको कुरा के सुन्ने जस्तो लाग्दछ होला । तपाँइ जो हुनुहुन्छ तपाँइ आफुमा नै बिश्वास गर्न, बिश्वास दिलाउन सिक्नुहोस् र कुनैपनि नराम्रा चिजहरुको प्रयश्चित गर्न सिक्नुहोस्, आफुमा पुर्ण आत्मबिश्वास कायमा गराउनु भयोभने मात्र तपाँइ आप्नो लक्ष्यमा पुग्न सफल हुनुहुन्छ । कसैले केही राम्रो ज्ञानगुनको नै कुरा सिकाएको छ भनेपनि तपाँइमा त्यस्तो नकारात्मक भाबना पैदा नहोस्की जसले गर्दा तपाँइ उक्त मानिसवाट टाढा हुन । भन्नै पर्दछ भने नेपाली उखान अलिक असहज लाग्दछकी ! आचि पुछेको काठ पनि काम लाग्दछरे । बुढा बुढीहरुको उखान ने छ त्यसैले कहिल्यै पनि अरुप्रतिको नकारात्मक सोचाइ बनाउन छडिदिनुहोस् ता की कसैले नराम्रो नै सोचेको र बोलेको भएपनि तपाँइले उक्त मानिसको दिमागमा असन्तुलन पैदा भएको कारणबाट यसले यस्तो भन्यो ठीकै छ पछि गएर उसलाइ थाहा भइहाल्दछ आफै महशुष गरोस् त्यसको गल्ति भनेर छाडिदिनुहोस् त कस्तो हुदो रहेको माथिको डाक्टरको प्रयोग र तपाँइको प्रयोगमा । कुनै पनि कामको शुरुवात तपाँइ आफुबाट नै गर्नुहोस् र अरुलाइ त्यसको प्रभाब दिलाउन सकेमा मात्र अरुले तपाँइको कुरा बिश्वस गर्दछन् । यदि तपाँइ आफु नै दोसी हुनुहुन्छ र निर्दोस बन्ने प्रयत्न गरेमा कहिल्यै सफलता हात लाग्दैन र निर्दोस हुनुहुन्छ र पनि दोसीको कारबाहीमा फस्नुभएको छ भने पक्का बिश्वास लिएर बस्नुहोस एकदिन तपाँइ निर्दोष भएको यथार्थता खुल्दछ तर समय भने अबस्य लाग्दछ यसको लागि !

मेरो तर्फाट के भन्न चाहन्छुभने तपाँइ आफुलाइ दुखी कहिल्यै नसम्झनुहोस् ता कि त्यसको सोचाइले अझ तपाँइलाइ दुखीत नबनाओस् । तपाँइ त्यो अबस्थामा दुखीत हुनुहुन्छ जतिबेला तपाँइ को सोचाइ नकारात्मक तीर जान्छ । यदि कुनैपनि नकारात्मक सोचाइ नराखीकन आप्नो कार्यमा लगनशीलता दिनुहोस् तपाँइ आप्नो लक्ष्यमा पुग्नुभएन र सुखी बन्नुभएन भने !

सम्बन्ध आमा बाबु र छोरा छोरीको !
December 6, 2006

‘जन्म दिदैमा आमा वाबु र जन्मदैमा छोरा छोरी भइदैन’ । तर फेरी म सँग सोध्नुहोला मैले जमाएको छोरो वा छोरी कस्को र मलाइ मेरो आमा बाबुले नजम्माउनुभएको भए के म तपाँइको वा तपाँइको आमा बाबुको छोरा वा छोरी त !

पख्नुहोस् नतातिनुहोस् अहिलेनै पहिले ‘भाँडो तातेपछि मात्र बिड तातेको राम्रो हुन्छ’, पहिलेनै बिड तात्योभने त के काम ! जन्म र कर्मको कुरा छ । तर कर्म मैले यस बिषयमा यस अर्थमा लिएको छु जसको जन्म पश्चातको सम्पुर्ण रुपको क्रियाकलाप । तपाँइले कर्म भन्नाले बिवाह गर्नु हो भन्ने अर्थमा सोचिरहनु भएको छ भने एकछिन त्यसलाइ त्यत्तिकै थाति राख्नुहोस् । हुनत यहँहरु सबै नै बिद्धान बर्गहरुलाइ याहा नै छ मैले लेख्नु त उचित होइनकी तरपनि !

बालबालिका र बालअधिकारको कुरा गरेर बिभिन्न संघ संस्थाहरु नयाँ नयाँ कार्यक्रम लिएर आइरहेका छन् र कसैले राम्रै प्रभाबकारी काम गरीरहेका छन् भने कसैले सेबाको भाबना लिएर आप्नो एक्लो ओडार भरेको कुराहरु पनि नसुनिएको र नदेखीएको होइन । जसले जे जे सुकै गरेपनि सबैले आप्नो हातमा भएको बेलामा गर्ने नै हुन् बाहिर बसेकाहरुले ट्याउँ ट्याउँ कराएर मात्र के गर्ने यस्तै हो भने किन अहिले ज्ञानेन्द्रको यस्तो हबिगत देख्नु पर्दथ्थो र । लाग्योहोला यसले हामिलाइ राजनितिमा लान लाग्यो नआत्तिनुहोस् एउटा जल्दो बल्दो रुपमा हुदै गरेको घटना यथार्थ उदाहरणको साछि भएको जनाएको मात्र हु । कुरा धेरै मोडिइसकेछ, म भने उता बाल अधिकार को कुरा गर्दै थिए । संयुक्त राष्ट संघको घोषणपत्र लाइ आधार बनाएर बालबालिका सम्बन्धि बिबिध निति नियमको तर्जुमा र ब्यबस्था गरीएको छ तर यसले प्रभाबकारी रुपमा काम गरीरहेको भने देख्न सकिदैन निति नियम भनेको केबल फाइलिड. गरेर राख्ने प्रचलन कहिलेदेखि अन्त हुनेहो त्यो को बारेमा त म तपाँइहरु लाइ नै प्रश्न राख्दछु ।

हुनत हामिहरुले आप्नो बालबालिकालाई यहाँ महोदयले नभनेपनि आप्ना हक हित अधिकार र शिक्षा दिक्ष दिइनै रहेका छौ भनेर भन्नुहुन्छ तर कतिपय ठाउँहरुमा यो भएको देखीएको छैन यसको प्रमुख कारण भनेको र्सवप्रयम हाम्रो देशको बिबिध अबस्थाको कारणले गर्दा नै हो ।

मैले यहाँ तपाँइको छोराछोरीको बारेम मात्र कुरा गर्न लागेको भने होइन । तपाँइका छोरा छोरीले चाहि तपाँइलाइ के गर्दछन् र तिनिहरुले तपाँइप्रति देखाउने व्यबहार चाहि के त ! एउटा आमालाइ गएर सोध्न सक्नुहुन्छ चाहे जस्तो कपुत छोरा वा छोरीको आमा किन नहुन् उनलाइ छोराको माया कति लाग्दछ भनेर पनि ! अर्कि एक निर्दयी आमाहरु पनि छन् जो क्षणीक यौन बासनामा भुलेर आप्नो प्रेमको चिनोलाइ समाजले कुरा गर्ला म बदनाम हुने भए भनेर जसलाइ यस धर्तिमा आउनु भन्दा नै पहिले अर्को संसारमा पुराइदिन्छन् धिक्कार छ तिनीहरु माथि ।

जसरी आमा बाबुको माया आप्नो सन्तानमा रहेको हुन्छ यथार्थ रुपमा उही माया पिरती छोरा छोरी सबैले आप्ना आमा बाबुलाइ दिन सकेका छैनन् यो म ठोकुवा भन्न सक्दछु तर न्युन प्रतिशत व्यक्तिहरु छन् जसले आमा बाबुको मन दुखाएका छैनन् । के यही हो त उनीहरुको चरित्र आफुलाइ जसले यस धर्तिमा आँखा खोलीदियो उनीहरुको बिपरीतमा रहेर अनेक कार्य गर्नु । एक छोराछोरी जसबाट ठुलो आशा र आकांक्षा राखेर उनीहरुलाइ हुर्काउँदछन्, बढाउदछन्, र पढाउँदछन् तर ठुलो भइसकेपछि उनीहरु वाट नै छुटिनुपर्ने र टाढा रहनुपर्ने । जसको हात खुट्टा लागिसक्दछ तत्पश्चात नानाभातिको कुराहरु गरेर टाढा हुन खोज्ने यहि हो त दायित्वा ! यो कुरा चाहि किन त्यो मानस पट्टलमा छिदैन ता कि पछि मेरो पनि सन्तान हुन्छ र उनीहरुले पनि मलाइ यस्तै गरेभने मैले त्यो अबस्थामा के गर्ने र मेरो हबिगत के हुन्छ !

साइबर क्याफे र त्यसमा रम्ने युबा युबतीहरु !
December 5, 2006

यो बैज्ञानिक आबिष्कारको युग वा भनौ एक्काइसौ शताब्दी जहाँ प्रत्येकदिन नयाँ नयाँ कुराहरुको प्रतिपादा भइरहेका छन् र भइरहेका प्रतिपादित बस्तुहरु थप सेवा, सुलभ र प्रचलनको होडबाजी चलेको छ । यस्तै बिषयहरु अर्न्तर्गत रहेर छुस्स लेखिहाल्न मन लाग्यो ।

अहिले प्रायगरेर कम्प्युटर (सुसाड.ख्ये) को नाम नसुन्ने व्यक्तिहरु कम नै छन् । बुझेर हो, नबुझिकन वा बुझ्न बाध्य गराएर कुनै अलिक फरक ढंगको प्रस्तुति भयो केहिमा भने अहों ! यो त कम्प्युटरवाट बनाएको होला हगी भनेर शंका उपशंका गरेको पाइन्छ । कम्प्युटर हेर्दामा जति सरल र उच्चारण गर्नमा सजिलो छ यसको प्रयोग र बुझ्नमा त्यती नै सार्हो पनि छ जुन हामीहरुले सिकेन नै भ्याउदैनौ ।

यही कम्प्युटरकै सबालमा जोडिएको इन्टरनेट जुन आजकल कतिको त गरिखाने भाँडो बनेको छ भने कतिको मोज मस्तिको पाटो ! प्रायगरेर सहर बजार वा भनौ अचेलका युवा पुस्ताहरु आप्नो अमुल्य समयको बाबजुत बिभिन्न साइबर क्याफेको वरीपरी भिड त्यतिकै देखिन्छन् । यसलाइ नै मैले गलत अर्थमा भने लिन लागेको भने होइन । यसले हामीहरुलाई एउटा कुनामा बसेर योरै सपयमा पनि संसारभरीका घटनाहरु प्राप्त गर्न सकिन्छ भने लगानी पनि त्यति धेरै नपर्ने, बिबिध कारणबाट टाढा रहेका आफन्तहरुसँग योरै आर्थिक खर्चमा मनज्ञ लाभ लिन सकिने कुरा पनि र्छलड. छ यदि हामी यसको सही सदुपयोगमा छौ भने ।

तरपनि कुरा गर्न मन लाग्दछ आजको युबा पुस्ता वा भनै देशका भावी कर्णधार हरुको जो घन्टौसम्म चिन्नु न जान्नुका मानिसहरुसँग नानाथरीका कुराहरु गरेर बसी समय बिताउने गर्दछन् । प्राय गरेर केटाहरु केटीहरुको र केटीहरु केटाहरुको खोजीमा रुपलिइरहन्छन् । एक आपसमा देख भेट नै नभइकन आइ लभ यु (म तिमीलाइ माया गर्छु) भनेर नानाथरीका कुरा गर्दछन् र दिनप्रतिदिन साइबर धाउनमा ब्यस्त हुन्छन् । यतिले मात्र उनीहरुको चाहना पुरा हुने त होइन पछि पछि गएर भेट्ने योजना बन्दछ निश्चित ठाउँमा । यसरी बनाएको योजना अनुरुप उक्त ठाउँमा पुग्दा कहिले आप्नै नाताको दिदी, भाइ, बहिनी, दाजु लगायत यस्तै यस्तै भेटेको र त्यसको कारणले आपसको नाता सम्बन्धमा नै धमिलो ल्याउन नसक्ला भन्न सकिदैन भने अर्का यरी यस्तै भेटघाटवाट माया पिरती बस्न थाल्दछ र उक्त माया पिरती दिगोरुपको लागि नभएर क्षणीक बासनाको हुने गर्दछ प्राय गरेर भने कतिले अन्तर हृदय देखिनै माया गर्दछन् तर दुबैजनामा यो भाबना नहुन सक्दछ त्यसैले क्षणीका यौन आनन्द लिएर छाड्नेहरु पनि छन् यतिबेला कसले सोचिदिने चुलबुले कुराकानी को क्षण ।

यतिले मात्र होइन कुरा कोट्याउँदै जादा साइबर क्याफेमा बसेर केटी केटा र केटा केटी बनेर पनि कुराकानी गरिरहेका हुन्छन् भने अर्का एकथरी यस्ता घातक हुन्छन् जो सीधै रुपले अर्को साथीलाइ चिन्दछ र उसले ब्लफ च्याट गरिरहेको हुन्छ आप्ना साथीहरुसँग बिपरीत लिड.गी बनेर र सजिलै सँग भन्दछ म तिमीलाइ प्रेम गर्छु भनेर । खै कस्तो प्रेम हो त्यो अरुलाइ अन्धो बनाउने र अरुको आत्मामा रजाइ गर्ने !

यही गतिमा नै साइबर क्याफेको द्रुतता बड्दै जाने हो भने अब आउने पुस्ताले के सिक्लान् र के गर्लान सोच्न बाध्य बनाउँछ । शिक्षा दिक्षा दिएर भबिश्यमा केही गर्लान् भनी स्कुल र कलेजमा पठाएका आमाबाबुको मन कति दुख्लाकी आप्ना पढ्न पठाएका छोराछोरीहरु यसरी साइबरमा च्यटिड. गरेर बस्दछन् भन्ने थाहा पाउँदा ! यसको बारेमा कसले सोचिदिने जो दैनिक साइबर क्याफेमा गएर अपरिचित मान्छेहरुसँग घण्टौ समय बिताउँछ त्यसले की आप्ना छोराछोरीको भबिश्य सुनौलो होस्, सुख सुबिधा पाउन् भनेर आप्नो दुखजेलो गरेर बस्ने आमाबाबुको !

समस्या र त्यसको समाधानले निम्त्याएको दोस्रो समस्या !
December 4, 2006

‘कुप्रेलाइ उठी सुःख न बसि सुःख’ भन्ने उखान त यहाँहरु सबेजनालाइ थाहा नै छ । सबै जन्मिएका जति भेडा भएभने बाख्रा बनिदिने को त ! कसैलाइ पनि आफु थोरै झुक्न मन नलाग्ने र अर्काले गरेको निर्णयको पछि पछि खोइरो खन्न लागेपछि काम गर्नेले कसरी गर्ने ! नेपाली जनताहरुले कहिलेपनि आन्दोलनमा उत्रन नछाड्ने भयो, हुनत आन्दोलन नगरीकन केहीपनि हुदैन भन्ने कुरा पनि हाम्रो अगाडि एनाको रुपमा रहिरहेको छ । यत्रौ दश बर्षे माओबादी जनथुद्ध कसरी समाप्त हुन्थ्थो र जनताले आन्दोलन नगरेको भए । त्यतिमात्र होइन यो आन्दोलन हुनुमा र माओबादी बनेर जंगलमा पस्नुपरेको पनि समस्याको कारणबाट नै हो । आप्ना मागहरु पुरा गराउनको लागी सबैजनाले आप्नो तर्फाट बिबिध कदम नचलाएसम्म हुने केही छैन ।

अहिले सबैजना आप्नो सानोतिनो समस्या लिएरपनि आन्दोलनमा नै उत्रिइरहेका छन् यो शिक्षा कतै अस्तिभर्खर पढाएको पाठ हुन सक्छ । अब सरकारले गर्ने के त ? कुनै एक थरिका आन्दोलनमा उत्रन्छन् तिनीहरुको समस्यालाइ ध्यानमा राखेर एउटा समाधान खोज्यो र केही शान्त होला भन्ने आसमा रहेको सरकारी पक्षलाइ फेरी मार पर्दछ किनकी त्यही निर्णयको विरुद्धमा अर्का पक्षधरहरु खोइरो खन्न थाल्दछन् र शान्त होला भन्दा झन् चर्किएर जान्छ तन्किएर जान्छ । हो अहिले भर्खर मात्र देशका बिभिन्न ठाउँमा भाबि पुस्तालाइ नेतृत्व हस्तान्तरण गरेर उहीहरुलाइ ज्ञान गुन दिलाउने हुनेवाला शिक्षकहरु आन्दोलनमा उत्रीएका छन् अध्यापन अनुमति पत्रको परीक्षामा सामेल हुनुपर्ने ब्यबस्थाको बिरोध साथसाथै अस्थाइ शिक्षकहरु सबैलाइ स्थाइ गराउने निर्णयको बिपक्षमा ।

अब कसको कुरा सुन्ने र कसको नसुन्ने । यदि शिक्षाशास्त्र संकाय अध्ययन गरेका बिद्मार्थीहरु नै शिक्षक बन्नका लागि र शिक्षक सेबा आयोगले स्थाइ प्रक्रियाको लागि लिने परीक्षामा सामेल हुन पाउँदैनन् भने के काम शिक्षाशास्त्र संकायको ! र अध्यापन अनुमतिपत्रको परीक्षा पास गर्दैमा सबैजना शिक्षकको लागी योग्य हुन्छन् भने किन विविध संकाय छुट्याउने ? शिक्षा जस्तो गम्भिर बिषयमा हालसम्म सरकारले जुनसुकै निर्णयका गर्दै आएको छ सबै माकुराको जाल जस्तो मात्र छ किनकी किराहरु जालमा फसेभने न त मर्छनन् नै न त बाहिर निस्कन सक्दछन् । बाँचिरहनु पर्ने हून्छ तनाबमा । यही छ हाम्रो हालत यसको समाधान कहिलेसम्म हुने त !

अल्पबिराम !

जन्मदिन
December 3, 2006

आज मेरो जन्मदिन अर्थात स्पष्टरुपमा भन्दा अल्पबिरामको जन्मदिन । अल्पबिरामले हजुरहरुलाइ पहिले निम्ता नै दिन भ्याएन त्यसको लागि क्षमा माग्दछ, माग्नेकाम मेरो तर दिनुहोस् नदिनुहोस् तपाँइको हातमा नै छ ।

आज यो चिसो चिसो मौसमको बेलामा जन्मिएको अल्पबिरामलाई यहाँहरुको तातोको पनि उत्तिकै आबस्यकता पर्दछ भन्नेकुरा अबगत गराउँछु र यो पनि निबेदन गर्दछुकी हजुरहरुलाइ लेख्न मन लाग्दछ भने जुनसुकै तबरवाट गोप्य, अर्धगोप्य, अतिगोप्य रुपमा प्रस्तुत गरिदने बाचा पनि गर्दछु यदी त्यस्ता तपाँइका बैयक्तिक कुराहरु प्रकासमा ल्याउन चाहनेभए ।

तपाँइलाइ नढाटीकन भन्दछु, अहिले ब्लगीड. गर्नु एक लहर नै चलेको छ र यसबाट म पनि अछुतो रहन सकिन । पहिले पहिलेका ब्लगहरु कति त बिगारीयो पनि सिक्ने क्रममा भने कति चलाइरहेको पनि छु तर मलाइ यस ब्लगमा अति फरक ढंगले ब्लगीड. गर्ने चाहनाको कारण मात्र शुरु गरेको छु आशा छ यसले हजुरहरुलाइ केही हदसम्म भएपनि जानाकारी भने दिइनै रहनेछ ।

यदि तपाँइ पनि ब्लगर हुनुहुन्छ भने र आप्नो लिंक साटासाट गर्न चाहनुहुन्छ भने यहाँहरुलाइ हार्दिक स्बागत छ । ब्लगमा छिरेपछि एक असल नागरीकको परिचय दिन नभुल्नुहोला जस्ताको तस्तै कमेन्ट गरेर । यसले मेरो लेखनशैलीमा केही गतिशिलता आउन सक्छकी !

उही हजुरहरुको अल्पबिराम !